+
+

मधेश प्रदेशले घोषणा गर्‍यो ठोरीलाई पर्यटकीय क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १८:४५

११ चैत, काठमाडौं । मधेश प्रदेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत ठोरीमा बसेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ठोरीलाई १० करोड रुपैयाँको प्याकेजसहित पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रदेश अर्थमन्त्री तथा सरकारका प्रवक्ता सैलेन्द्र साहले जानकारी दिए ।

मन्त्री साहका अनुसार पर्यटकीय क्षेत्र र प्याकेजको घोषणा भएसँगै अब यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?