+
+

गुरुङ फिल्म एसोसिएसनको अध्यक्षमा गुञ्जबहादुर गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते ११:४४

काठमाडौं । गुरुङ फिल्म एसोसिएसन (जिफान)को अध्यक्षमा गुञ्जबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनले उनलाई एसोसिएसनको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले गुरुङको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा सन्तोष कोन्मे गुरुङ, द्धितीय उपाध्यक्ष प्रेमबहादुर गुरुङ, महासचिव तोलबहादुर गुरुङ, सचिवमा रमेश गुरुङ निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा अर्जुन गुरुङ, संघसंस्था समन्वय विभाग प्रमुखमा कुविना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुखमा आइतराम गुरुङ, भाषा संस्कृति विभाग प्रमुखमा खुसबहादुर गुरुङ र गीत संगीत विभागमा विवेक चुनिएका छन् ।

यस्तै प्रचार विभाग प्रमुखमा पवित्रा गुरुङ र महिला विभागमा प्रीति गुरुङ निर्वाचित भएका छन् । सदस्यहरुमा पुनम गुरुङ, काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?