+
+

नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १२:०३

१३ चैत, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत  अनुत्तीर्ण भएका छन् ।

नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना  अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् ।

यसैगरी, मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । काउन्सिलले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिंदै आएको छ ।

काउन्सिलले उत्तीर्ण परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र, नागरिकताको सक्कलप्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल दुई प्रति र एडमिट कार्डलिएर काउन्सिलमा सम्पर्क राख्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?