+

अस्पतालमा बिरामी भेट्दै हुनुहुन्छ ? ७ कुरा ख्याल गरौं

२०८१ वैशाख  ७ गते ११:०० २०८१ वैशाख ७ गते ११:००
अस्पतालमा बिरामी भेट्दै हुनुहुन्छ ? ७ कुरा ख्याल गरौं

कोही आफन्त, नातेदार, चिनेजानेका, साथीभाइ दुःख-बिमार भएर अस्पताल भर्ना भएका हुनसक्छन् । यस्तो अवस्थामा हामी अस्पताल पुग्ने गर्छौं, आडभरोसा दिनका लागि ।

यद्यपि, जसै बिरामीकहाँ पुग्छौं, हामीले अस्पतालको सामान्य मर्यादा पनि भुलिरहेका हुन्छौं । त्यो उपचार गर्ने ठाउँ हो, अरु पनि बिरामी हुन्छन् भन्ने कुराको हेक्का राख्दैनौं । त्यसैले होहल्ला गर्न थाल्छौं ।

त्यति मात्र होइन, अस्पतालमा बिरामी भेट्न जाँदा हामी धेरै त्रुटि गरिरहेका हुन्छौं ।

बिरामीसँग धेरै प्रश्नोत्तर नगर्ने

जब बिरामीलाई भेट्छौं, ‘अहिले के कसो छ’ भनी सोध्छौं । यहाँसम्म ठीकै छ । बिरामीलाई साह्रो–गाह्रो पो छ कि भनेर चासो राख्नु अस्वाभाविक होइन । यद्यपि, कतिपयले भने बिरामीलाई भेट्नासाथ अन्तर्वार्ता लिन सुरु गर्छन् । के भयो, कसरी भयो, कहाँ भयो ? इत्यादि । यसरी बिरामीलाई अनावश्यक केरकार गर्नु शोभनीय मात्र नहुने होइन, बरु थप पीडा दिन्छ । त्यसैले बिरामीलाई भेट्दा अनावश्यक रुपमा सोधीखोजी नगरौं ।

यदि बिरामीको बारेमा जान्नुपर्ने भए चिकित्सक, कुरुवासँग अलग्गै कुराकानी गर्न सकिन्छ ।

तडकभडक नगरौं

हामीकहाँ के देखिन्छ भने कुनै नेता-कार्यकर्ता, सानोतिनो चर्चा कमाएका, हुनेखाने कोही बिरामी परेर अस्पताल भर्ना भएका छन् भने मान्छेहरु सानोतिनो जुलुस लिएरै त्यहाँ पुग्ने गर्छन् । अस्पतालमा उनीहरु तडकभडक देखाउन थाल्छन् । चिकित्सकलाई दबाब दिने, कर्मचारीलाई हप्काउने गर्छन् ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा यसरी तडकभडक गर्दा अरु बिरामी वा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई असर पुग्छ ।

ज्योति पौडेल, नर्स

होहल्ला र भीडभाड नगरौं

कतिपय बिरामी भेट्न मान्छेहरुको भीड लाग्छ । उनीहरु होहल्ला गर्छन् । चर्को स्वरले गफ गर्छन् । पारिवारिक वा राजनीतिक कुरा समेत गरिरहेका हुन्छन् । अस्पतालमा बिरामी भेट्न जाँदा अलि संयमित हुनुपर्छ, शान्त हुनुपर्छ ।

आफ्नो स्वच्छतामा ध्यान दिने

बिरामी भेट्न जाँदै हुनुहुन्छ भने आफ्नो शारीरिक स्वच्छतामा पनि ध्यान दिनुपर्छ । किनभने बिरामीको भर्खर शल्यक्रिया गरिएको हुनसक्छ वा कुनै संक्रमणले थलिएको हुनसक्छ । यस्तो अवस्थामा हामीले थोरै लापरबाही गरिदिंदा थप संक्रमण फैलिन सक्छ । त्यसैले आफ्नो स्वच्छतामा ध्यान दिने गरौं ।

अरु बिरामीको बेडमा नबसौं

अस्पतालमा बिरामी भेट्न जानेहरु अरु खाली बेड देख्नासाथ त्यहाँ बस्ने, सुत्ने गर्छन् । यसरी अरु बिरामीका लागि तयार गरिदिएको बेडमा नबसौं, चाहे त्यो खाली नै भएपनि । यस्तो कुरामा आफैंलाई अनुशासित राख्नुपर्छ ।

के खानेकुरा लैजाने ?

हामीकहाँ बिरामी भेट्न जाँदा खाली हात जानु हुन्न भन्ने धारणा छ । त्यही कारण कतिपयले फलफूल बोक्छन् भने कतिपयले अरु स्वस्थ्यवर्द्धक खानेकुरा ।

यदि बिरामीको आर्थिक अवस्था कमजोर छ भने उनीहरुको आवश्यकताअनुसार खानेकुरा लगिदिनु राम्रो हो । तर औपचारिकता मात्र पूरा गर्नका लागि बिरामीलाई भएभरको खानेकुरा लगिदिनु त्यति बुद्धिमानी हुँदैन । यसो गर्दा अरु गरिब, विपन्न बिरामी वा उनीहरुका आफन्तलाई असहज हुन्छ । त्यसैले आवश्यक भएमा मात्र खानेकुरा लैजाने गरौं, देखाउनका लागि होइन ।

जथाभावी फोहोर नगरौं

अस्पताल परिसरमा फोहोरमैला नगरौं । आफूले खाएको खानेकुराको बोक्रा, खोललाई सही ठाउँमा बिसर्जन गरौं । बाध्यात्मक अवस्थाबाहेक अस्पतालमा बसेर बाहिर रेस्टुरेन्टबाट खानेकुरा मगाउने, खाने नगरौं । अस्पताललाई स्वच्छ, सफा राख्नु तपाईं हाम्रो दायित्व पनि हो ।

(पौडेल लुम्बिनी प्रादेशिक अस्पतालको नर्सिङ विभाग प्रमुख हुन् ।)

अस्पताल ज्योति पौडेल नर्स बिरामी
लेखक
ज्योति पौडेल, नर्सिङ अधिकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?