
१३ चैत, विराटनगर । प्रदेशसभालाई विजनेश दिन नसकेका कारण आलोचना खेप्दै आएको प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए । सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नेछन् ।
प्रदेश सभाको हिउँदे तथा नवौं अधिवेशनको १२ औं बैठक आजै बस्दै छ । आजको बैठक भने बस्ने मन्त्री घिमिरेले जानकारी दिए । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्ने विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4