+
+

तेल र ग्याँसको भुक्तानी बिटक्वाइनमा लिंदै रुस !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १३:३५

पश्चिमा मुलुकहरूको कडा प्रतिबन्धको सामना गरिरहेको रुसले आफ्नो प्रमुख निर्यातको रुपमा रहेको तेल र ग्याँसको बिक्रीमा बिटक्वाइनमार्फत् पनि भुक्तानी स्वीकार गर्ने तयारी गरिरहेको छ ।

रुसका एक वरिष्ठ सांसद पाभेल जाभाल्नीका अनुसार मित्रराष्ट्रहरूले तेल र ग्याँसको रकम क्रिप्टोकरेन्सी वा आफ्नो स्थानीय मुद्रामा भुक्तान गर्न सक्नेछन् ।

गत साता मात्रै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो समर्थन नगर्ने अर्थात् गैरमित्र मुलुकहरूले प्राकतिक ग्याँसको भुक्तानी रुसी मुद्रा रुबलमै गर्नुपर्ने बताएका थिए ।

यो वर्ष २० प्रतिशतले अबमूल्यन भैसकेको रुसी मुद्रालाई अबमूल्यन हुन नदिनका लागि पुटिनले यस्तो कदम चालेको विश्लषण गरिएको छ ।

युक्रेनमाथि रुसी हमलापछि अमेरिका, बेलायत, युरोपेली युनियनलगायतले रुसमाथि प्रतिबन्धहरू लगाएका छन् जसका कारण रुसी मुद्रा रुबल कमजोर बनेको छ भने रुसमा महँगी आकासिएको छ ।

तर रुस अहिले पनि विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँस निर्यातक हो भने दोस्रो ठूलो तेल निर्यात कर्ता हो ।

रुसी संसद डुमाको ऊर्जा समितिका प्रमुखसमेत रहेका सांसद जाभाल्नीका अनुसार इन्धन निर्यातको भुक्तानी प्राप्त गर्ने सन्दर्भमा रुसले वैकल्पिक उपायहरूका बारेमा सोचिरहेको छ । उनका अनुसार चीन र टर्कीलगायतका मित्र राष्ट्रहरू रुसमाथि प्रतिबन्धको दबाब दिने कार्यमा संलग्न छैनन् ।

उनका अनुसार चीनसँग लामो समयदेखि नै डलरको साटो चिनियाँ मुद्रा युआन र रुसी मुद्रा रुबलमा कारोबार गर्ने विषयमा प्रस्ताव गरिएको छ । टर्कीको हकमा पनि लिरा र रुबल्समा कारोबार गर्न सकिनेछ । त्यसका साथै बिटक्वाइनमा पनि व्यापार गर्न सकिनेछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?