+
+

धर्मश्री विजेतालाई १० लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १६:५४

१३ चैत, काठमाडौं। नेपाल व्यायम मन्दिरले आयोजना गर्ने प्रतिष्ठित धर्मश्री शारीरिक शुगठन प्रतियोगिताको १६औं संस्करण वैशाखमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्बाधिक १० लाख रुपैयाँ पुरस्कार पाउने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ब्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । अघिल्लो संस्करणको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।

२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गरिरहेको छ ।

पहिलो र दोश्रो संस्करणमा तौलसमूहको आधारमा प्रतियोगिता गर्दै आईरहेकोमो तेश्रो संस्करणबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुमध्येबाट अन्तिम प्रतिस्पर्धा गराई धर्मश्री घोषणा गर्ने गरिएको छ ।

यो संस्करणमा दुई विधा थप गरिएको छ । महिला र पुरुष फिजिक्समा पहिलोपल्ट प्रतिस्पर्धा गराउन लागिएको हो ।

कमलादीस्थित प्रज्ञा भवनमा वैशाख २३ र २४ गते हुने प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल चरणका खेलहरु हुनेछन् । ५५ केजीमुनि, ६०, ६५, ७०, ७५, ८० केजीमुनि र ८० केजीमाथि तौलसमूहमा ४०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

धर्मश्री विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । चौथोदेखि सातौं स्थानसम्मका खेलाडीले क्रमसः १ लाख ५० हजार, १ लाख, ९० हजार र ८० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक तौल समूहतर्फ उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्रदान गरिनेछ । महिला फिजिक्सतर्फको विजेतालाई २ लाख, उपविजेतालाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?