+
+

विप्लवको मध्यमार्गी निर्णय : चुनावमा प्रत्यक्ष सहभागी नहुने, बहिस्कार पनि नगर्ने

बहुमत विपक्षमा भएपछि विप्लवको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते २२:५०

१३ चैत, काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं प्रत्यक्ष चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव विप्लवको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने मतसहितको प्रतिवेदनलाई पारित गर्दै यस्तो निर्णय गरेको हो ।

नेता धर्मेन्द्र वास्तोलाका अनुसार पार्टी चुनावमा जाने छैन, तर बहिस्कार पनि गर्ने छैन् । ‘बैठक भोलि सकिन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘आज महासचिवले प्रस्तुत गर्नु भएको दस्तावेज परिमार्जनसहित पास भयो । परिमार्जन भएको भनेको पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने, किनभने हामी सत्ताकै प्रतिद्वन्द्वी हौं । तर, फेरि हामी चुनाव विरोधी पनि होइन नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने ।’

केन्द्रीय समितिका बहुमत सदस्य चुनावमा जानुपर्ने विप्लवको प्रस्तावको विपक्षमा उभिएपछि यस्तो मध्यमार्गी विकल्प खोजिएको हो । बहुमत पक्ष विपक्षमा हुँदाहुँदै यथास्थितिमा विप्लवको प्रस्ताव पारित गरेको भए पार्टीमा विभाजन आउने अवस्था थियो ।

बास्तोलाले पनि यसलाई मध्यमार्गी निर्णयका रुपमा स्वीकार गरे । ‘हो यो मध्यमाार्गी निर्णय नै हो,’ उनले भने, ‘ आफैं चाहिँ चुनावमा नजाने तर त्यस्ता खालका उम्मेदवारलाई सर्मथन गर्ने ।’ तपाईंको पार्टीबाट उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने प्रश्नमा बास्तोलाले भने, ‘हाम्रा सर्मथक र वुद्धिजीवी पनि चुनावमा जान सक्छन् ।’

नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए । बहुमत सदस्य प्रस्तावका विपक्षमा उभिएपछि विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्माले विपक्षमा उभिएकाहरुलाई शुक्रबार र शनिबार दिनभर पक्षमा ल्याउन मनाउने कोसिस गरेका थिए। तर, त्यो कोसिस सफल नभएपछि मध्यमार्गी बाटो रोजिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?