
काठमाडौं । सस्तोडिलले ‘समर एप्लाइन्सेस सेल’ क्याम्पेन सुरु गरेको छ । सस्तोडिलले गर्मी महिनाको सुरुवातसँगै सबै विद्युतिय उपकरणमा एक हप्ते क्याम्पेन सुरु गरेको हो ।
कम्पनीका अनुसार यो क्याम्पेन ३० मार्चदेखि सुरु भई अप्रिल ५ मा सम्पन्न हुनेछ । योजना अवधिभरमा विद्युतीय उपकरण जस्तै फ्रिज, एसी, कुलर, फ्यान आदिमा ७५ प्रतिशतसम्म छुट पाउनेछन् ।
सुपथ मूल्यमा सबै सामान पाइनुका साथै कम्बो अफर र अन्य उपहार जित्ने मौका पनि उपलब्ध छन् । यही समयलाई लक्षित गर्दै कुनै सामान विषेश गरी सस्तोडिलमा मात्रै पनि उपलब्ध हुने सस्तोडिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस योजनामा उपहार जित्ने मौका र कम्बो अफर पनि रहेको सस्तोडिलले जनाएको छ ।
यस अफर अवधिभर गर्मीका उपकरण खरिद गर्ने ग्राहकहरुले नेपाल भरी फ्री डेलिभरिको सुविधा पनि पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4