+
+

जब आर्यन सिग्देल ‘केजीएफ २’को प्रशंसामा उत्रिए

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १६:१८
अभिनेता आर्यन सिग्देल । फाइल तस्वीर

काठमाडौं । आगामी वैशाख १ गते नेपाली फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ । सोही मितिमा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को दोस्रो श्रृंखला समेत प्रदर्शनको तयारीमा छ ।

व्यावसायिकरुपमा समेत आशा गरिएको ‘ए मेरो हजुर ४’बाट कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउने अपेक्षा धेरैले राखेका छन् । सोही मितिमा विदेशी फिल्म आउने भएकाले चुनौती त छँदैछ, कतिपयले निराशा पनि जनाएका छन् ।

निर्देशक तथा अभिनेत्री झरना थापाले यस्तो संकटमा नेपाली फिल्म निर्माताबीच सहकार्य र एकताको खाँचो भएको बताउँदै आएकी छन् ।

यसैबीच आइतबार साँझ दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भयो । ट्रेलरलाई लिएर धेरैखाले प्रतिक्रिया आएका छन् भने कतिपयले सेयर पनि गरेका छन् । यसबाट नेपाली अभिनेता आर्यन सिग्देल पनि अछुतो रहन सकेनन् । उनले आफ्नो फेसबुक पेजबाट ‘केजीएफ २’को अफिसियल पृष्ठमा सेयर गरिएको पोस्टरमा कमेन्ट गर्दै फिल्मले व्यावसायिक कीर्तिमान कायम गर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘मलाई आशा छ, केजीएफ च्याप्टर २ ले बलिउड, हलिउड, तलिउड र कलिउडमा सबै कीर्तिमान तोड्नेछ । सशक्त ट्रेलरमा सशक्त कीर्तिमान समेत राख्नेछ ।’

केजीएफप्रति आर्यनको सदासयता र प्रशंसाको विरोधमा उनका फ्यान खनिएका छन् । उनीहरुले अरुको तारिफ गरेर नेपाली फिल्मलाई फाइदा नहुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?