+
+

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १७:४१

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ ।

बैंकको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत १३ थान डस्टबिन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले डस्टबिन सहयोग गरेको हो ।

बैंकका भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टबिन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?