+
+

मझगाउँ विमानस्थल निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १६:३०

१५ चैत, काठमाडौं । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा धावनमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजनाका सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए ।

विमानस्थल निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको उनले बताए । श्रेष्ठका अनुसार विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभीले पाएका छन् । विमानस्थलको काम तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । विमानस्थल निर्माण गर्न ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । विमानस्थल निर्माणका लागि आवश्यक जग्गा भने सरकारले उपलब्ध गराउनु पर्छ ।

मझगाउँ विमानस्थल पुनःसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदूरपश्चिममा पर्ने कञ्चनपुरको पर्यटन विकासको ढोका खोल्ने बताए । उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी पर्यटकीय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको समेत बताए ।

भीमदत्त नगरपालिका-१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणका लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरुले चुनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताए । उनले विमानस्थल निर्माण भएर पर्यटकीय विकास तथा स्थानीयले रोजगारी पाउने बताए । विष्टले विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनपछि काठमाडौंको पहिलो उडानमा जेष्ठ नागरिकलाई निःशुल्क पशुपति घुमाउन लैजाने योजना रहेको समेत सुनाए ।

अहिले विमानस्थलको धावन मार्गमा रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थमको पहिलो चरणमा १५ सय २५ मिटर लामो धावनमार्ग बन्नेछ ।

महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट स्थानीय नागरिकले काठमाडौं जान कैलालीस्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता छ ।

विमानस्थल निर्माणका लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्डयन प्राधिकरण, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुनर्निर्माणमा लगानी सहकार्य गरेका स्थानीय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?