+
+

मधेश प्रदेश सभाको बैठक २ मिनेट बसेर स्थगित

मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १४:१६

१६ चैत, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे ।

यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए ।

उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे ।

यी दुईजना सांसदले बोले लगत्तै सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?