
फाइल तस्वीर
१६ चैत, काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सत्तारुढ दलहरुले अबका तीनै वटा तहका चुनावमा गठबन्धन गर्ने भने पनि त्यसबारेमा कांग्रेस भित्र विवाद छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष चुनावी गठबन्धनको पक्षमा छ ।
तर शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4