+
+

बढ्‍यो प्रदूषण, तुवाँलोले ढाकियो काठमाडौं (फोटोफिचर)

अत्यधिक फोहोर र वर्षा नहुँदा बुधबार पनि काठमाडौं उपत्यकामा वायु प्रदूषणले आकाश ढाकेको छ ।

विकास/चन्द्र/आर्यन विकास/चन्द्र/आर्यन
२०७८ चैत १६ गते २१:००

१६ चैत, काठमाडौं । अत्यधिक फोहोर र वर्षा नहुँदा बुधबार पनि काठमाडौं उपत्यकामा वायु प्रदूषणले आकाश ढाकेको छ ।

वर्ल्ड एयर क्वालिटीको सूचकांकले मंगलबार राति काठमाडौंलाई विश्वको प्रदूषित शहरको रुपमा काठमाडौंलाई देखाएको थियो ।

सूचकांकमा बुधबार पाँचौं स्थानमा रहे पनि प्रदूषण भने बढेको देखाएको छ ।

बुधबार दिउँसो काठमाडौंको प्रदूषणको सूचकांक एक्युआई १६५ कटेको छ । जुन १५० कट्नु भनेको वातावरण अस्वस्थ हुनु हो ।

वातावरण विभागको तथ्यांकले काठमाडौंको कीर्तिपुरमा पछिल्लो २४ घण्टामा पीएम २.५ को मात्रा ८६ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको देखाएको थियो ।

अपराह्न यो ८१ मा झरेको थियो । अर्थात्, पीएम २.५ भनेको हावामा २.५ माइक्रो ग्रामभन्दा साना प्रदूषित सामग्री मिसिएको भन्ने हुन्छ । यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरु बताउँछन् ।

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?