+
+

करिश्माको कटाक्ष : मेरो न्वारनको नाम थाहा पाएर धेरैलाई भिटामिन डी प्राप्त भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते ११:२४
अभिनेत्री करिश्मा मानन्धर । फाइल तस्वीर

काठमाडौं । चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् ।

उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे ।

कतिपयले करिश्माको छातीमा खोपिएको ट्याटुलाई लिएर सामाजिक सञ्जालमा ट्रोल गरे ।

गत साता आफू प्रवेश गरेको दल एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।’

अहिले करिश्माले आफूविरुद्ध भएका कटाक्षबारे टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?