+
+

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र, ३४ हजार सहभागी हुँदै

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदैछ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरु सहभागी हुने  चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १५:४४

१७ चैत, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदैछ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरु सहभागी हुने  चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

काठमाडौं उपत्यकामा मात्र संचालन हुने परीक्षामा १११ परीक्षा केन्द्र निर्धारण गरिएको छ। आयोगले परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

परीक्षाका लागि काठमाडौं उपत्यकामा १११ परीक्षा केन्द्र कायम गरिएको छ । पहिलो दिन चैत १८ गते १९ हजार ५ सय ८, दोस्रो दिन चैत २० गते १२ हजार २ सय ६२ र तेस्रो दिन २१ गते २ हजार ८ सय ९५ गरी कूल ३४ हजार ६ सय ६५ परीक्षार्थी परीक्षामा सहभागी हुने आयोगले जनाएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक र अनधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन अनुरोध समेत गरेको छ ।

विगतमा सञ्चालन भएका परीक्षामा कतिपय अनधिकृत व्यक्ति तथा क्षेत्रबाट अस्वाभाविक र परीक्षाको मर्यादाविपरीत गरिएका अनर्गल समाचार र सामाजिक सञ्जालमा गरिएका अमर्यादित प्रचारबाजीलाई गम्भीर रुपमा लिई त्यसबारे अध्ययन गर्न आयोगले समिति गठन गरेको थियो ।

‘अमार्यादित तरिकाले प्रचार प्रसार गर्ने व्यक्तिहरुको नामनामेसी सहित प्रतिवेदन पेश गरेको अवस्थामा आसन्न परीक्षामा लगनशील र संवेदनशील भएर परीक्षाको तयारी गरिरहेका परीक्षर्थीलाई त्यस्ता गलत र भ्रामक प्रचार–प्रसार गम्भीर असर पर्ने जो तथ्यलाई ध्यान दिई परीक्षा जस्तो संवेदनशील बिषयमा भ्रामक र अनाधिकृत प्रचारबाजी नगर्न र नगराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’

हेर्नुस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?