+
+
Shares
संगीत :

ओस्कारपछि विश्वको ध्यान ग्रामीतर्फ, १९ वर्षे गायिका रोड्रिगोले ‘क्लिन स्वीप’ गर्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १२:३१
गायिका ओलिभिया रोड्रिगो

काठमाडौं । ओस्कारपछि अब विश्व मनोरञ्जन दुनियाँको ध्यान सोमबार बिहान हुने ग्रामी अवार्डतर्फ केन्द्रित भएको छ । विश्व संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामीमा किशोरी गायिका ओलिभिया रोड्रिगोदेखि ९५ वर्षीय गायक टोनी बेनेट र र्‍यापर केनी वेस्टसम्मको सम्भावित विजयलाई लिएर अड्कलबाजी भइरहेका छन् ।

१९ वर्षीया रोड्रिगो एल्बम, गीत, रेकर्ड अफ दी इयर र नयाँ कलाकार विधामा मनोनित छिन् । ग्रामी इतिहासमा अहिलेसम्म चारजना कलाकारले मात्र यी ठूला विधालाई ‘क्लिन स्वीप’ गरेका छन् ।

जनवरी २०२१ मा रिलिज भएको आफ्नो नयाँ गीत ‘ड्राइभर लाइसेन्स’ हिट भएपछि रोड्रिगोले यी चारै विधालाई आफ्नो पोल्टामा पार्ने अनुमान हलिउडमा सुरु भएको छ । रेकर्ड र गायन विधामा यो भाइरल गीतको दबदबा छ ।

‘रोड्रिगोले उल्लेखनीय विधामा जित्ने सबैले सोचिरहेका छन्,’ भेराइटी म्यागजिनका संगीत सम्पादक जेम अस्वडले भने, ‘उनी नयाँ कलाकारको विधामा लगभग जित सुनिश्चित गरेकी छन् ।’

वर्ष एल्बम विधाको विजेता अनुमान गर्न कठिन छ, तर रोड्रिगोको गीत ‘सावर’ अन्य मनोनयन केनी वेस्टको ‘डोन्डा’, जोन बाटिस्टिीको ‘वी आर’, टोनी बेनेट र लेडी गागाको ‘लभ फर सेल’को तुलनामा अब्बल देखिएको छ ।

जस्टिन बिबरको गीत ‘जस्टिस’ समेत दौडमा छ । दोजो क्याटको प्लानेट हर, बिल्लिी एलिसको ह्याप्पीअर द्यान इभर, हरको म्युजिक अफ माइन्ड, लिल नस एक्सको मोन्टेरो र टेलर स्वीफ्टको इभर मोर समेत यस दौडमा सामेल छन् ।

वर्षको सुरुवातमा कोरोना महामारीको कारण यस वर्षको ग्रामी जनवरीबाट अप्रिलमा सरेको थियो । अहिलेसम्म ग्रामी नजितेको दक्षिण कोरियाली पप ब्यान्ड बीटीएस पनि मनोनयनमा छ र बीटीएस प्रस्तुति दिने जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?