+
+

प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ उचाइमा पुग्छ : सरकारका प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १४:२५

१८ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने दाबी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताए ।

‘मुलरुपमा नेपाल र भारतको बिचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पु¥याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरुमार्फत् निवेदन गर्न चाहान्छु’, उनले भने ।

तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?