
२० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंक्मा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४४ अंकले घटेको छ ।
उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन । दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितोपत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4