+
+

दाङमा इनारमा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १६:१०

२० चैत, दाङ। दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् ।

चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको नेपाली सेना रण सिंह दल गणका प्रमुख सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।

इनारमा पानी लगभग २५ फिट भएपनि पानी धेरै भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए ।

चौधरीले के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार चौधरीले गाउँमा अनैतिक क्रियाकलाप गरेको जानकारी पाएपछि गाउँलेले छानबिन गर्न बैठक बोलाएका थिए । सोही कारण उनी इनारमा हामफालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?