+
+

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १२:५२

काठमाडौं । एफवान सफ्ट इन्टरनेसनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन् ।

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । उनको नियुक्तिले आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा कम्पनीले गरेको छ ।

पौडेलसँग १६ वर्षभन्दा लामो बैंकिङ क्षेत्र सम्हालेको अनुभव छ । नविल बैंकमा १३ वर्षसम्म डिजिटलाइजेसन हेड, कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा उनले काम गरेका थिए ।

यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङको टेक्नोलोजी पार्टमा समेत काम गरेका थिए भने लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा पनि काम गरेको अनुभव उनीसँग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?