+
+

श्रीलंकामा चार मन्त्री नियुक्त, कर्फ्यू तोडेर प्रदर्शन जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १५:४३

२१ चैत, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । र उनीहरुले सपथ पनि लिएका छन् । आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए ।

देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् ।

तर राष्ट्रपति गोटाबायाले आफ्ना भाइ बासिल गोटबायालाई भने मन्त्रिपरिषदमा स्थान दिएका छैनन् । यसअघि उनका भाइ बासिल वित्त मन्त्री थिए । राष्ट्रपति गोटाबाया, प्रधानमन्त्री महिन्द राजपाक्षे, बासिल दाजु भाइ हुन् । बासिलको ठाउँमा अली साबरीलाई वित्त मन्त्री बनाइएको छ ।

राष्ट्रपति गोटाबायाले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेका थिए ।

देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट राजपाक्षे दाजुभाइको राजिनामा मागेर प्रदर्शन भइरहेको छ ।

प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा संकटकाल लगाइएको छ । मुख्य शहरमा कर्फ्यू आदेश जारी गरिएको छ । सामाजिक सञ्जाल प्रयोगमा रोक लगाइएको छ । कर्फ्यू तोडेर नै प्रदर्शनकारी सडकमा निस्किएका छन् ।

श्रीलंकाको प्रदर्शनमा सहभागी एक महिला । तस्वीर : एएफपी/रासस

सन् १९४८ मा वेलायती उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका त्यसयताकै गम्भीर आर्थिक संकटमा फसेको छ । विदेशी मुद्राको अभाव भएपछि श्रीलंकाले औषधिसहितका अत्यावश्यक सामग्री किन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?