+
+

चीनको सांघाईमा कोरोना संक्रमण तीव्र भएपछि लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते ९:५६

२२ चैत, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ ।

चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् ।

कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।

कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।

सन् २०१९ मा चीनको बुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?