
२२ चैत, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ को थाङाकुना खोलामा स्थानीय खिलबहादुर विकको शव भेटिएको छ ।
सोमबार अपरान्ह साढे ५ बजे २५ वर्षका विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
२०/२५ दिन अगाडि हराएका विकको शव सडिसकेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4