+
+

रणवीर र आलियाले अप्रिल १७ मा विवाह गर्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १४:१४
रणवीर कपुर र आलिया भट्ट । फाइल तस्वीर

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाहको चर्चा अहिले चलिरहेको छ । टाइम्स अफ इन्डियाले रणवीर र आलियाले यही अप्रिल १७ मा विवाह गर्न लागेको रिपोर्ट प्रकाशित गरेको छ ।

टाइम्स अफ इण्डियाले आलियाका हजुरबुबाको अवस्था खराब रहेकाले विवाह जतिसक्दो चाँडो गर्न लागिएको समेत उल्लेख गरेको छ । उनका हजुरबुबाले पनि आफ्नी नातिनीको विवाह हेर्ने इच्छा राखेकाले पनि विवाह छिटो गर्न लागेको समाचारमा उल्लेख छ ।

रणवीर र आलियाले रणवीर कपुरका हजुरबुबा–आमा, राज कपुर र कृष्णराज कपुरको साथमा चेम्बुरको आरके हाउसमा विवाह गर्ने भएका छन् । यहीं रणवीरका आमाबुवा नीतु कपुर र ऋषि कपुरको पनि विवाह भएको थियो ।

हालै रणवीर कपुरका काका रणधीर कपुरले भने विवाहको बारेमा अनभिज्ञता प्रकट गरेका थिए । उनले बुवा राज कपुरको घरमा कुनै सेलिब्रेसन हुन लागेको भए आफूलाई जानकारी हुने भन्दै आफूलाई विवाहको बारेमा जानकारी नभएको बताएका थिए ।

भारतीय सञ्चारमाध्यमले भट्ट परिवार स्रोतले उनको विवाह १७ अप्रिलमा हुन लागेको कुराको पुष्टि गरेको उल्लेख गरेका छन् । यो विवाहको तयारीको जिम्मा शादी स्क्वाड नामको इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई दिइएको छ । योसँगै प्रसिद्ध मेहन्दी कलाकार वीणा नागरानीले पनि मेहन्दीको अर्डर पाएकी छन् । तर दुवै पक्षले यो बिहेको समाचारलाई भने अस्वीकार गर्दै आएका छन् ।

ब्रह्मास्त्रभन्दा पहिले विवाह’

आलिया भट्ट र रणवीरको पहिलो फिल्म ‘ब्रह्मास्त्र’ रिलिज हुनुअघि नै उनीहरु विवाह बन्धनमा बाँधिने भएका छन् । रोचक कुरा त यो छ कि आलियाले रणवीरलाई सानै उमेरदेखि मन पराउँथिन् । आलिया सानो हुँदा आफ्नो शयन कक्षमा रणवीरको ठूलो पोस्टर नै राख्थिन् । यो कुरा उनले आफ्नो अन्तर्वार्ताको क्रममा बताएकी हुन् । रणवीरले सन् २००७ मा सञ्जय लीला भन्सालीको फिल्म ‘सावरिया’बाट बलिउडमा डेब्यु गरेका हुन् । त्यसबेलादेखि नै आलिया भट्ट रणवीर कपुरलाई मन पराउँथिन् ।

ब्रह्मास्त्र’बाट सुरु भएको प्रेम

आलिया भट्ट र रणवीर कपुरको प्रेम फिल्म ‘ब्रह्मास्त्र’को सेटबाट सुरु भएको हो । तर सोनम कपुरको विवाहको रिसेप्सनमा यी दुवै जोडीको रुपमा आएका थिए । केही महिनाअघि मात्रै रणवीर कपुर आफ्नो सम्पूर्ण परिवारसँग आलिया भट्टको घर पुगेका थिए । उनीहरुको तस्वीर सँगै देखेपछि फेरि एकपटक दुवैको बिहेको अफवाह तीव्र गतिमा फैलियो, तर केही समयमै त्यो रोकियो ।

नक्कली विवाहको कार्ड र तस्वीर भाइरल

गत वर्ष आलिया भट्ट र रणवीर कपुरको विवाह फेब्रुअरी ८ देखि १० सम्म फ्रान्समा हुने भन्ने हल्ला चलेको थियो । यद्यपि यी रिपोर्टलाई उनीहरुले गलत भन्दै आएका थिए । त्यतिबेला रणवीर र आलियाको फोटोसप गरिएको तस्वीर भाइरल भएको थियो ।

त्यतिबेला नक्कली बिहे कार्ड पनि भाइरल भएको थियो । यद्यपि यस कार्डमा आलियाको नामको स्पेलिङ गलत थियो, त्यसपछि यी सबै रिपोर्ट गलत सावित भएर त्यसै हराएर गए ।

रणवीर र आलियाले कोरोनाका कारण गरिएको लकडाउनमा धेरै समय सँगै बिताए र त्यतिबेलै रणवीरले एक अन्तर्वार्तामा छिट्टै विवाह गर्न लागेको संकेत पनि दिएका थिए ।

गत वर्ष लकडाउन नभएको भए उनीहरु विवाह बन्धनमा बाँधिन्छन् भन्ने धेरैको आँकलन थियो । पछि ऋषि कपुरको निधनले कपुर परिवारलाई ठूलो झट्का लागेको छ । जब ऋषि कपुर लण्डनमा क्यान्सरको उपचार गराइरहेका थिए, आलियाले त्यतिबेला रणवीरका बुबाको उपचारको लागि धेरै समय दिएकी थिइन् ।

फिल्मी बिटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?