+
+

नेपाली सञ्जीव गिरीले बनाएको केक डेनमार्कमा उत्कृष्ट घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १५:०५

२२ चैत, काठमाडौं । डेनमार्कमा नेपाली नागरिक सञ्जीव गिरीले बनाएको केक वर्षकै उत्कृष्ट घोषित भएको छ ।

डेनमार्कका बेकरीहरूको आधिकारिक संस्थाले आयोजना गरेको ‘बेयर तथा कोन्डिटमेस्टर ई डेनमार्क’ मा उत्कृष्ट भएसँगै उनले १२ हजार डेनिस क्रोनर अर्थात् करिब २ लाख २० हजार नेपाली रूपैयाँ पनि जितेका छन् ।

सन् २०१९ मा उनले यही प्रतियोगितामा आठौं स्थान हासिल गरेका थिए । तर यस वर्ष सहभागी ७२ जनामा उनी उत्कृष्ट भएका हुन् ।

सन् २०१० मा डेनमार्क आएका सञ्जीवले एक बेकरीमा पार्टटाइम काम पाएका थिए । अहिले यो सफलताको पछाडिको कथा पनि निकै रोचक छ I हाल उनी डेनमार्कको एक प्रतिष्ठित कम्पनी एन्डरसन बेकरीमा सेफ् बेकरको रुपमा कार्यरत छन् ।

डेनमार्क आए लगत्तै कोपनहेगन नजिकैको सोबर्ग भन्ने ठाउँमा काम पाएपछि त्यहाँ करिब छ महिना काम गरे । तर त्यहाँ उनले चाहेजस्तो बेकरीमा काम गर्न नपाएपछि कोपनहेगनको टिभोलीमा रहेको एन्डरसन बेकरीमा बेकरको रुपमा काम गर्न निवेदन दिए । एक महिनापछि उनले त्यहाँ काम पाए ।

उनी बेकरको रुपमा काम गरे पनि कामले अनुभवी थिए तर त्यस सम्बन्धी पढाइ तथा कोर्स भने थिएन त्यसैले उनले बेकरी सम्बन्धी पढाइ सुरु गर्ने निर्णय गरे । जिल्याण्ड बिजनेस कलेज रिङस्टेडमा बेकरी सम्बन्धी चार वर्षे पढाइ सुरु गरे । पढाइमा प्राक्टिस पनि गर्नुपर्ने भएकोले उनले टिभोलीको निम्बमा प्राक्टिस गरे ।

बेकरीमा कामको अनुभवी भएकोले उनले त्यो चार वर्षे कोर्स डेनमार्कमा केवल डेढ वर्षमै सक्न सफल भए । उक्त कोर्समा उनले दोस्रो स्थान प्राप्त गरी सिल्भर मेडल प्राप्त गर्न सफल भएका थिए ।

उक्त कोर्स सकेपछि उनी एन्डरसन बेकरीमा सेफ् बेकरको रुपमा कार्यरत छन् । त्यहाँ उत्पादन, गुणस्तर मापन र सम्पूर्ण सामानको खरिदको जिम्मा उनको रहेको छ भने नयाँ उत्पादन गर्नको लागि विधि पनि तयार गर्नुपर्ने उनको दायित्व छ ।

यसैगरि पछिल्लो समय उनले फ्रान्समा गई बेकरी सम्बन्धी उच्च अध्ययन पनि गरेका छन् । डेनमार्कको ठूलो डुङ्गा कम्पनी ‘मार्स्क’ले दिने छात्रवृत्तिमा उनी पर्न सफल भएका थिए ।

उक्त छात्रवृत्तिको लागि कोपननहेगन बेकरी एसोसिएसनले उनको नाम सिफारिस गरेको थियो I त्यही छात्रवृत्ति अन्तर्गत फ्रान्स गई उच्च अध्ययन गरेका थिए । भविष्यको नेपालमा बेकरी स्कुल खोल्ने उनको योजना रहेको उनले बताए I ‘नेपालमा बेकरी को स्कोप ठूलो छ तर त्यस सम्बन्धी शिक्षा भने छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?