+
+

वैशाखदेखि फिल्म प्रदर्शनको सेयर बाँडफाँडसम्बन्धी नयाँ नियम लागु हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १५:३२
फाइल तस्वीर

काठमाडौं । आगामी वैशाख १ गतेदेखि नेपालमा प्रदर्शन हुने फिल्मले गर्ने कमाइको बाँडफाँड (सेयर) सम्बन्धी नयाँ निर्णय लागु हुने भएको छ ।

अशोक शर्मा संयोजक रहेको प्रदर्शन विशेष कार्यदलले नयाँ वर्षदेखि सेयर बाँडफाँटबारे नयाँ नियम लागु हुने निर्णय गरेको हो । जसअनुसार प्रदर्शक, वितरक र निर्माताबीच सहमति जुटेको छ ।

फिल्म रिलिजको पहिलो साता प्रदर्शक र निर्माताबीच ५०-५० प्रतिशत सेयर बाँडफाँड हुनेछ भने दोस्रो साता पनि दुवै पक्षबीच ५०-५० प्रतिशत सेयर विभाजन हुनेछ । तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउनेछन् ।

‘नेपालमा प्रदर्शन हुने सबै फिल्ममा यो नियम लागु हुनेछ,’ संयोजक अशोक शर्माले अनलाइनखबरसँग भने, ‘हामीले विशेषगरी नेपाली फिल्मका निर्मातालाई हेरेर यो नियम ल्याएका हौं । अन्ततः यसले निर्मातालाई नै फाइदा पुग्छ ।’

कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन भन्दै कार्यदलले यसअघि २०७८ चैत मसान्तसम्म पहिलो साता ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर विभाजनको निर्णय गरेको थियो ।

वितरक मनोज राठीले कार्यदलको नयाँ निर्णयले वितरक, प्रदर्शक र निर्माता सबैलाई फाइदा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?