+
+

डाबरको ‘रियल पेट’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १९:०९

काठमाडौं । डाबर नेपालले रियल म्यांगो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः रु. ३५, रु. ८५ र रु. १५० मा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै उपजको रुपमा रियल पेट बजारमा ल्याएको बताए ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल भएको बताए । उपभोक्तामा पेट बोतल प्रतिको लगाब ज्यादै उच्च रहेको र प्याकेजिङलाई विस्तार गरी नयाँ आकर्षक स्वरुप पेट बोतल मार्फत उपभोक्ताहरुलाई स्वादिलो फ्रुट जुस प्रदान गर्नु कम्पनीको दायित्व भएको बताए ।

आकर्षक मूल्य र गुणस्तरीय उत्पादनका साथ प्रस्तुत गरिएको रियल म्यांगो पेटका साथ बजारका अन्य साधारण सफ्ट ड्रिङ्क्सको केही मार्केट सेयर लिने लक्ष्य लिएको उनको भनाइ छ । रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो र फन जुसको रुपमा परिचित रहेको भन्दै उनले यो उत्पादन युवाहरु प्रति लक्षित रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?