
२२ चैत, काठमाडौं । नापी कार्यालय, चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट पक्राउ परेका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साँझ अख्तियारको टोलिले लखनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । घुस रकम लिएर बूढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाट दुबै जनालाई एक लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4