+
+

आर्थिक संकटविरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १४:०९

२३ चैत, काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले देशभर लगाइएको संकटकाल हटाएका छन् । गएरातिदेखि लागू हुनेगरी संकटकाल हटाउने निर्णय भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गहिरिंदो आर्थिक संकटविरुद्ध सडकमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नाराबाजी गरेका थिए । सार्वजनिक सुरक्षालाई ध्यान दिंदै संकटकाल हटाउने निर्णय गरेको राष्ट्रपति राजापाक्षले वक्तव्यमार्फत जनाएका छन् । यद्यपि, श्रीलंकामा सरकारविरोधी प्रदर्शन भने जारी नै छ ।

प्रशासनिक संकटकाल खारेज गरिएपनि स्वास्थ्य संकटकाल भने कायमै छ । मुलुकभर अत्यावश्यक औषधि अभाव भएको, थप आपूर्ति गर्न नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

ऋण सम्झौता गर्नेबारे अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पूर्वनिर्धारित बैठकको एक दिनअघि वित्तमन्त्री अली साब्रीले राजीनामा दिएपछि सरकार थप संकटमा परेको थियो ।

सार्वजनिक असन्तुष्टि बढेपछि राजापाक्षेले सोमबार मन्त्रिपरिषद् विघटन गर्दै सहमतिको सरकार गठन गर्ने बताएका थिए । साथै, ४१ जना सांसदले राजीनामा दिएपछि श्रीलंकाली सरकार थप दबाबमा परेको छ ।

२२५ सदस्यीय श्रीलंकाली संसदमा बहुमत जुटाउन ११३ सांसदको समर्थन हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?