+
+

‘ए मेरो हजुर ४’का लागि जी-बबले गाए गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १४:४१
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाका साथ जी-बब

काठमाडौं । जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारी अहिले चर्चामा छन् । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका यी तन्नेरी सामाजिक सञ्जालमा भाइरल छन् ।

जी-बबलाई लिएर नयाँ खबर छ । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को एउटा गीतलाई उनले गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ ।

अनमोल र जी-बबबीच बुधबार बेलुका नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा भेटघाट समेत भएको जनाइएको छ । भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जहाँ फिल्म र गायन विधाका दुई स्टारलाई देख्न सकिन्छ ।

स्रोतका अनुसार जी-बबले गाएको गीतलाई चाँडै रिलिज गर्ने तयारी छ । एएनटीएफ प्रतिस्पर्धाको फाइनलबाट अचानक हराएपछि जी-बब सबैको खोजीका पात्र समेत थिए । टिकटकमा उनका गीत अहिले पनि भाइरल बनिरहेका छन् ।

अनमोल र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?