+
+

सनराइज बैंकले ल्यायो ‘अन्तर बैंक रकमान्तर सुविधा’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १५:४८

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ ।

यस सुविधा अनुसार सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।

साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?