 
																			२४ चैत, काठमाडौं । अमेरिकी संसद्ले केतन्जी ब्राउन ज्याक्सनलाई अमेरिकाको सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीशको रुपमा नियुक्त गरेको छ ।
उनलाई नियुक्त गर्न अमेरिकी संसद्मा भएको मतदानमा उनको पक्षमा ५३ र विपक्षमा ४७ मत खसेको थियो । सबै डेमोक्रेटिक सिनेटर र तीनजना रिपब्लिकन सिनेटरले केतन्जीको नियुक्तिको पक्षमा मतदान गरेका थिए ।
रिपलिब्कन सिनेटरहरु लिसा मुर्कोस्की, मिट रोम्नी र सुसन कोलिन्जले नियुक्तिको पक्षमा मतदान गरेका थिए । आगामी ग्रीष्मयाममा उनले सपथ ग्रहण गर्ने न्युयोर्क टाइम्सले जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले केतन्जीलाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेका थिए । ५१ वर्षीया केतन्जी अमेरिकी सर्वोच्च अदालतको २३३ वर्ष लामो इतिहासमा अफ्रिकी–अमेरिकी मूलको तेस्रो र पहिलो महिला हुनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4