+
+

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि, एकीकृत समाजवादीका मन्त्री हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १८:१९

२५ चैत, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री हुनेछन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नेछन् ।

कांग्रेसका मन्त्रीहरुका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्नेछन् । हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारी बाहेक अरु मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ ।

आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद पनि फिर्ता हुनेछन् ।

एकीकृत समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा फिर्ता बोलाएको छ । उनको स्थानमा समाजवदीकै प्रकाश रावल जानेछन् । राज्यमन्त्री जुनकुमारी चौधरी फिर्ता हुनेछन् । उनको स्थानमा नयाँ राज्यमन्त्री पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?