
२५ चैत, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाले शुक्रबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्न आवेदन खुला गरेको हो ।
लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4