+
+

आईपीएलमा हैदरावादको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २०:४२

२६ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ ।

सुरुवाती दुई खेल गुमाएको सनराइजर्सले शनिबार चेन्नई सुपर किङ्ग्सलाई ८ विकेटले हराएको हो । चेन्नईको भने यो सिजनकै लगातार चौथो हार हो ।

चेन्नईले दिएको १५५ रनको लक्ष्य सनराइजर्सले अभिषेक शर्माको ७५ रनको मदतमा १७.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । शर्माले अर्का ओपनर केन विलियम्सनसँग पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । केन ३२ रनमा आउट भए । तेस्रो नम्बरमा आएका राहुल त्रिपाठीले शर्मासँग मिलेर आक्रामक पारी खेलेपछि सनराइजर्सलाई सहज भयो ।

सनराइजर्सलाई जितका लागि मात्र १० रन चाहिएको बेला शर्मा ७५ रनमा आउट भए । ३९ रनमा अविजित रहेका त्रिपाठीले निकोलस पोरनसँग मिलेर टिमलाई जिताए ।

त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?