+
+

म्यानचेष्टर युनाइटेडविरुद्ध एभर्टनको महत्वपूर्ण जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २०:४९

२६ चैत, काठमाडौं । रेलिगेसन टार्न संघर्षरत एभर्टनले म्यानचेष्टर युनाइटेडमाथि महत्वपूर्ण जित हात पारेको छ । शनिबार महत्वपूर्ण ३ अंक जोडेसँगै एभर्टन ३० खेलबाट २८ अंकका साथ प्रिमियर लिग अंक तालिकाको १७औं स्थानमा छ ।

रेलिगेसन जोनमा रहेको बर्नलीको २४ अंक छ । तर उसले एक खेल कम खेलेको छ । वाटफोर्ड २३ र नर्भिच सिटी १८ अंकका साथ पुछारमा छ ।

घरेलु मैदान गोडिसन पार्कमा भएको खेलमा एभर्टनका लागि विजयी गोल एन्थोनी गोर्डनले गरे । खेलको २७ औं मिनेटमा उनले प्रहार गरेको बल युनाइटेडका कप्तान ह्यारी मग्वायरको शरीरमा ठोक्किएर गोलमा परिणत भएको थियो ।

मार्कोस रासफोर्ड र क्रिष्टियानो रोनाल्डोको प्रयासलाई विफल पार्दै एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले महत्वपूर्ण बचाउ गरे । यो हारले लिगको शीर्ष चारमा पर्न संघर्षरत म्यानचेष्टर युनाइडेट भने थप दबावमा परेको छ ।

युनाइटेड ५१ अंकका साथ सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?