+
+

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गते तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २१:०२

२६ चैत, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गतेका लागि तोकिएको छ । यसअघि शनिबार गर्ने भनिएको निर्वाचन रोक्न गरिएको मागलाई उच्च अदालत सुर्खेतले खारेज गरेपछि रोकिएको थियो ।

संघका पदाधिकारीले विधानअनुसार काम नगरेकाले तोकेको निर्वाचन मिति रोक्नुपर्ने माग गर्दै व्यापारीहरूको एउटा पक्ष अदालत पुगेको थियो । रिट परेपछि अदालतले चैत १८ गते तत्काल लागि निर्वाचन प्रक्रिया अघि नबढाउन भन्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

दुवै पक्षबीच भएको छलफलपछि इजलासले रिट निवेदक सुरेन्द्रकुमार मल्लले माग गरे बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरिदिएको थियो । आदेशपछि तत्कालै संघले निर्वाचन प्रक्रिया थालेको छ । आइतबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदाता सूचीमा नाम समावेश हुनेगरी प्रतिनिधि पठाउने र मतदाता नामावलीमा दावी विरोध गर्ने कार्यतालिकामा उल्लेख छ ।

आइतबार नै मतदाताको अन्तिम नामावली प्रकाशन गरिने छ । चैत २८ गते सोमबार १० बजेदेखी दिउँसो ३ बजेसम्म उम्मेद्वारी दर्ता र सोही दिन साँझ उम्मेद्वारको सूची प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

२९ गते विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारी उपर दाबि विरोध र फिर्ता, सोही दिन अपरान्ह छ बजे दावी विरोध उपर निर्णय र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

वैशाख २ गते राति १२ बजेपछि मौन अवधि तोकिएको छ । बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?