 
																			काठमाडौं । गीतकार राजकुमार बगरले आफ्नै स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’ बोलको गीत सार्वजनिक गरेका छन् । बगरकै शब्द तथा संगीत रहेको वियोगान्त यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।
झण्डै आठ वर्षअघि जुना श्रीसको स्वरमा सार्वजनिक भएको यो गीतलाई स्रोताले रुचाएका थिए । सोही गीत अहिले मेल भर्सनमा राजकुमार आफैंले स्वर दिएका हुन् । कैयौं हिट लोकदोहोरी एवं आधुनिक गीतहरु दिएका बगरको स्वरमा भने केही सीमित गीत मात्र सार्वजनिक छन् ।
कुमार केसीको निर्देशनमा तयार भएको ‘मनमा गहिरो घाउ छ के गरुँ ?’ भिडियोमा मोडल लोमश शर्मा र दिव्या न्यौपानेको साथमा बाल कलाकार एलिजा लम्सालले अभिनय गरेका छन् । करन चैसिरले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4