+
+

क्रिस्टियानो रोनाल्डोले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १५:०६

२७ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेडका खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलपछि बाटोमा खसेको समर्थकको फोन कुल्चिएर फुटाएकोमा माफी मागेका छन् ।

एभर्टनसँग १–० ले हार व्यहोरेपछि उनले एक समर्थकको फोन फुटाइदिएका थिए । फोन फुटाएको भिडियो सामाजिक सञ्जालमा टिकाटिप्पणी सहित भाइरल भए पछि रोनाल्डोले सामाजिक सञ्जाल मार्फत नै माफि मागेका हुन् ।

‘मुश्किल समयमा आवेग तथा भावनाहरु सम्हालन गाह्रो हुन्छ । हामी पनि यस्तै क्षणमा छौं’ रोनाल्डोले भने, ‘हामी जस्तोसुकै परिस्थितिमा भए पनि समर्थकप्रति सधैं धैर्यवान र सम्मानजनक व्यवहार प्रस्तुत गर्नु पर्ने थियो । म मेरो गल्तीको लागि माफी चाहन्छु ।’

रोनाल्डोले ती समर्थकलाई म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेल हेर्न बोलाएका छन् ।

म्यानचेस्टर युनाइटेड क्लबले भने यस घटनाप्रति जानकारी रहेको र पुलिसको सोधपुछ तथा अनुसन्धानमा आफूहरुले पूर्ण सहयोग गर्ने बताएको छ ।

खेलमा हार बेहोरेपछि म्यानचेस्टरका लागि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा ठेस पुर्‍याएको छ ।

एभर्टनलाई भने यो जितले केही सहज महसुस भएको छ । रेलिगेसन भन्दा एक अंक माथि रहेको एभर्टनलाई यो जित निकै महत्वपूर्ण सावित भयो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?