+
+

भरतपुरको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने एमाले तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १६:०५

२७ चैत, चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेदवार प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने एमाले भरतपुर महानगरका एक पदाधिकारीले जानकारी दिए ।

सुवेदी प्रदेशसभा सदस्य समेत हुन् । उनी २०७४ मा भएको प्रदेश निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं। २ ख बाट विजयी भएका उनी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री समेत बनेका थिए ।

भरतपुर(१२ का स्थायी वासिन्दा सुवेदी चितवनमा पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?