
काठमाडौं । आईएमई पे र दराजबीच सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा आईएमई पे र दराजबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका भुक्तानी प्र बन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आईएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । नव वर्ष २०७९ अभियान २८ चैतदेखि ७ वैशाख २०७९ सम्म यो अभियान सञ्चाालन हुनेछ ।
अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १० प्रतिशत छुट, एक हजार रुपैयाँ अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टापछि दैनिक ‘रस आवर’ आधा–घण्टामा १० प्रतिशत अधिकतम ७५० रुपैयाँसम्म हुने व्यवस्था मिलाइएको छ ।
‘रस आवर’ को समय बिहान ८ बजेदेखि ८ः३० सम्म र दिउँसो ३ बजेदेखि ३ः३० सम्म हुनेछ । साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme) जस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यस अभियानको मोडालिटी सामूहिक भौचर हुनेछ जहाँ प्रयोगकर्ताले आईएमई पे भौचर संकलन गरी छुट रिडिम गर्नेछन्।
आईएमई पेका सेवाग्राहीलाई नयाँ वर्षमा सजिलैसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु यो अभियानको मुख्य उदेश्य रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4