+
+
Shares

युवा संघको व्यंग्य : फर्सीमा अर्थमन्त्रीको तस्वीर

कुर्सीमाथि फर्सी, फर्सीमा अर्थमन्त्री जनार्दन शर्माको तस्वीर बनाएर नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले व्यांग्यात्मक शैलीमा आइतबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १५:४२

२७ चैत, काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध व्यंग्यात्मक शैलीमा विरोध प्रदर्शन गरेको छ ।

कुर्सीमाथि फर्सी, फर्सीमा अर्थमन्त्री शर्माको तस्वीर बनाएर व्यंग्यात्मक शैलीमा उनीहरुले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य किरण पौडेलले अर्थमन्त्री शर्मालाई जेल सजाय हुनुपर्ने भन्दै विरोध जनाए ।

 

‘मुलुक भवाभह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेका कारण नेपाल राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले निलम्बन गर्नु भएको छ । यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गर्ने हुँदा यो गम्भीर अपराध हो,’  पौडेलले भने, ‘त्यसैले अर्थमन्त्रीलाई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ ।’

अध्यक्ष पौडेलले वर्तमान सरकारको नालायकीपनविरुद्ध कडा प्रतिवादमा उत्रन युवाहरू समक्ष आह्वान समेत गरे ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?