+
+

तरलतामा चाप छ, केही समय धैर्य गरौं : कामु गभर्नर

नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १४:००
डा. निलम ढुंगाना तिम्सिना/फाइल तस्वीर

२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन् ।

उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कामु गभर्नर ढुंगानाको भनाइ थियो ।

उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिबी निवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको बताइन् ।

समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । अझै पनि २० प्रतिशत जनसख्याको हिसा औपचारिक वित्तीय पँहुच भन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुले गरिबी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन हुने उनको तर्क छ ।

लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्धत गर्दै आएको भन्दै उनले लघुवित्तले वित्तीय पहुँचबाट बञ्चित भएका समुदायलाई वित्तीय पहुँच पुर्‍याएर स्वरोजगार बनाएको उनले बताइन् ।

अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित्त संस्थाहरुमा पनि तरलताको चाप परेको भन्दै उनले ब्याजदरको समेत समस्या रहेको बताइन्छ ।

उनले भनिन्, ‘अहिले लुघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको छ । सधैंभरि सहज परिस्थिति हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

कामु गभर्नर ढुंगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिसा गरिबीको रेखामुनि रहेको बताइन् । उनले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?