+
+

सुनगाभा : मूल्यवान् र दिगो फूल

सम्झना विक सम्झना विक
२०७८ चैत २८ गते १५:५८
फाइल तस्वीर

काठमाडौं । वसन्त ऋतु फूल फुल्ने मौसम पनि हो । यसयाममा लालीगुराँस लगायतका फूलले ढकमक्क ढाकिएका वनपाखाले जोकोहीलाई आकर्षित गर्छ ।

विशेषगरी वसन्त ऋतुमै फुल्ने सुनगाभा फूलको सौन्दर्य पनि कम छैन । सुनगाभालाई सुनाखरी र अर्किड नामले पनि चिनिन्छ । चार हजार मिटरसम्मको उचाइमा फुल्ने सक्ने सुनगाभा सातदेखि १० दिनसम्म निरन्तर फुल्छ ।

सुनगाभा फूल सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि प्रयोग हुने जैविक विविधता अध्येता कमल मादेन बताउँछन् । विभिन्न रंगमा फुल्ने यो फूल निलो रंगमा भने कम फुल्ने उनी बताउँछन् ।

बिरुवाको उत्पादन कसरी गरिन्छ ?

सुनगाभाको बिरुवा जैविक प्रविधिद्वारा प्रयोगशालामा उत्पादन गरिन्छ । बीउलाई केमिकलसँग सम्मिश्रण गरी पटमा राखेर सन्तुलित तापक्रम कायम गर्नुपर्छ ।

महँगो हुन्छ सुनगाभाको बल्ब

सबै सुनगाभाको बल्ब (गानो) मूल्यवान् हुँदैन । भेनला जातको सुनगाभा भने महँगो पर्छ । माडागास्कार र दक्षिणपूर्वी एसियामा पाइने भेनिला किलोको ६०० डलरसम्म पर्ने मादेन बताउँछन् । यो केक र आइसक्रिम बनाउन प्रयोग हुन्छ । नेपालमा पाइने डेन्ड्रोडियम, पिउनी लगायतका ५० भन्दा माथिका सुनगाभाको बल्ब औषधि बनाउन उपयोगी हुने भएकाले विदेश निर्यात हुन्छ । लामो समयसम्म बाँचिरहने र निरन्तर फुलिरहने भएकाले सौन्दर्यका साम्रगी उत्पादनमा यसको बढी प्रयोग गरिन्छ ।

पानी र मलजल

सुनगाभा एउटै हाँगामा दुई महिनासम्म पनि फुलिरहन्छ । एउटा फूल दुई-तीनसम्म फुल्छ र फेरि कोपिला लाग्छ । फुल्दै झर्दै जाने भएकाले यो लामो समयसम्म रहन्छ ।

सुनगाभा रुख र ढुंगामा बढी हुन्छ । घरमै फुलाउन गमलामा थोरै माटो, काठको टुक्रा र कोइला राख्नुपर्छ । यसको जरामा पानी जम्मा गर्ने सेल भएकाले कैयौं दिनसम्म पानी नहाल्दा पनि यो मर्दैन । हावाबाट चिसो पनि सोस्ने भएकाले मलजल हालिरहनु पर्दैन । धेरै पानी पनि नचाहिने भएकाले विशेष यस्तै गमला चाहिन्छ भन्ने छैन ।

कति पर्छ मूल्य ?

सुनगाभाको मूल्य प्रजाति हेरेर हुन्छ । दुर्लभ जातको सुनगाभाको मूल्य बढी पर्ने मादेन बताउँछन् । उनका अनुसार २० वर्षअघि स्थानीय जातको सुनगाभाको बिरुवा चार हजार रुपैयाँमा बिक्री भएको थियो ।

अहिले तीन हजारदेखि १५ हजार रुपैयाँसम्ममा यसको बिरुवा बिक्री हुने गरेको छ । यसको दाना  भने किलोको १० देखि ३० हजारसम्म पर्दछ ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?