+
+

परिमार्जित स्कोडा कोडियाक अब स्कोडा शोरुममा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १२:५४

काठमाडौं । नयाँ स्कोडा कोडियाक फेसलिफ्टसहित अब स्कोडा शोरुममा उपलब्ध हुने भएको छ । हेर्दा स्पोर्टी, क्रिस्टललाइन डिजाइन, आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षा र ‘सिम्पली क्लेभर’ को नयाँ स्कोडा कोडियाक अब स्कोडा शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो ।

कम्पनीका अनुसार फेसलिफ्टसहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो । चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको छ ।

स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमतासहित केबिन थपिएको उनले बताए ।

धेरै सेग्मेन्टका प्रमुख सुविधाहरू र बेजोड सुरक्षाका साथ, स्कोडा कोडियाक परिवारका लागि पूर्ण सुविधा सम्पन्न प्याकेज भएको उनको भनाइ छ ।

स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयूभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन/अप्टिमाइज गरेको छ । माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको कम्पनीको दाबी छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथ एलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लिम रहेको र पुनः व्यवस्थित फग लाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्ने कम्पनीको भनाइ छ ।

आरामदायी 

स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टिङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ । पहिलो पटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टिवे इलेक्ट्रिक सीट समायोजन छ । क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ ।

भर्चुअल कक्पिट

कम्पनीका अनुसार १०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पिट छ ।

डिजाइन– यसको पावरफूल क्यारेक्टरको प्रतिबिम्ब

कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थप्दछ । ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिबिम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ । स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ । चौडा, त्रि–आयामी रेडिएटर ग्रिल आकर्षक र साँघुरो छ, रेडिएटर ग्रिलमा नदेखिने गरी पर्फेक्टली प्रवाह हुने र्‍याङ्क्ड हेडलाइटहरूले स्कोडा कोडियाकलाई एक विशिष्ट रूप दिन्छ ।

इञ्जिन र ट्रान्समिशन

२.० टिडिआईले ११० केडब्ल्यू (१५० पीए) र ३४० एनएम टक्र्यू जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर व्हीलहरु ७–स्पीड डुअल क्लच ट्रान्समिसनबाट स्वचालित छन् ।

सुरक्षा, आराम र सहुलियत

नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुडाको एअरब्यागका साथ ९ एअरब्यागहरु, इबिडिका साथ एबिएस, बे्रक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फी पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् ।

कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जस्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ ।

राइड र ह्याण्डलिङ

स्कोडा कोडियाक ४X४ अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इन्च व्हीलहरुका साथ सुसज्जित भएर आउँछ ।

इन्फोटेन्मेन्ट र कनेक्टिभिटी

यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल (ध्वनी आदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ ।

सामग्री र स्टोरेज

स्कोडा कोडियाकमा रहेको सिम्प्ली क्लेभर नामक विशेषता स्कोडाले तपाईंको लगानीमा जहिले पनि अलिकति बढी दिन्छ भन्ने प्रमाण हो– दैनिक जीवनमा व्यावहारिक र सुविधाजनक सहायता जुन ब्रान्डको मान्यता हो ।

पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ । २७० देखि २००५ एल (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बूट प्रदान गर्दछ ।

यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौं ढोका र केईएसएसवाई (किलेस इन्ट्री, स्टार्ट र स्टप बटन) उपलब्ध छ । यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ । स्कोडा कोडियाक यी विशेषताहरुका साथ विभिन्न स्टाइल भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?