+
+

विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १४:२५

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत हुन् ।

सत्ता गठबन्धनबीच तालमेल हुँदा विदुरको मेयरमा नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ । त्यस्तोमा माओवादीले उपप्रमुख पाउन सक्छ ।

बोगटीले तालमेल गर्दा माओवादीले उपप्रमुख पाए पनि आफूले नै नेतृत्व गर्ने बताइन् । ‘नगरपालिकाको मेयरमा मेरो नाम सर्वसम्मतिले सिफारिस गरेको छ,’ अनलाइनखबरसँग उनले भनिन्, ‘यहाँ गठबन्धन गर्ने भन्ने कुरा पनि छ । हामीलाई मेयर आए पनि, उपमेयर आए पनि त्यसमा मैले नै नेतृत्व गर्ने निर्णय भएको छ ।’

बोगटी यसअघि पत्रकारितामा सक्रिय थिइन् । उनी माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रका उम्मेदवार तेस्रो भएका थिए ।

एमालेकी सञ्जु पण्डित ९ हजार ७१६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारी ८ हजार ७४० मत ल्याएर दोस्रो भएका थिए । माओवादीका उम्मेदवार लीलानाथ न्यौपानेले ४ हजार ७३६ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?