+
+
Shares

पछि हट्यो आयोग, प्रमुख र उप्रमुखमध्ये एकमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १७:०४

२९ चैत, काठमाडौं । स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नु नपर्ने भएको छ ।

निर्वाचन आयोगले यसअघि राजनीतिक दलहरुलाई निर्देशन दिँदै प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने बताएको थियो ।

१६ चैतमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिएको थियो । जसको बुँदा नम्बर ६ मा लेखिएको थियो, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनतिक दलले महिला मनोनयनको व्यवस्था गर्ने ।’

तर राजनीतिक दलहरुले निर्वाचन आयोगको यो व्यवस्था निर्वाचन कानुन विपरीत हुने भन्दै आलोचना गरेपछि आयोग पछि हटेको छ ।

आयोगले मंगलबार एक सूचना जारी गरी प्रमुख र उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिएमा महिलालाई प्राथमिकता दिन भनेको छ । आयोगले मंगलबार जारी गरिएको आयोगको सूचनामा उक्त निर्देशनको ६ नम्बर बुँदा सच्याउँदै भनिएको छ, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?