+
+

गण्डकीका सभामुखले भने : चुनाव खर्च विवरण मैले पनि ढाँटेको थिएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १३:२८

१ वैशाख, पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च भएको बताएका छन् ।

उनले आफूले निर्वाचन आयोगमा खर्चको गलत विवरण बुझाएको बताएका छन् । पर्वतबाट निर्वाचित उनले आफूले बुझाएको विवरण सही नभएको बारेमा निर्वाचन आयोगलाई त्यतिबेलै जानकारी गराएको पनि बताएका छन् ।

‘निर्वाचन आयोगमा बुझाउनेबेला भन्याथें- मैले यो लेख्दैछु, तपाईंहरुलाई ढाँट्दैछु । यो सत्य कुरा हो । मैले जे लेख्याछु, त्यो हैन । सत्य कुरा यो हो, निर्वाचन आयोगलाई एउटा रिपोर्ट दिने तर, बाहिर अर्को रिपोर्ट दिने,’ सभामुख अधिकारीले भने ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) ले बुधबार पोखरामा गरेको कार्यक्रममा सभामुख अधिकारीले आयोगलाई ‘ढाँटेको’ बताए पनि चुनावमा कति खर्च भएको भन्नेबारे खुलाएनन् ।

नवलपुर जिल्लाबाट निर्वाचित संघीय सांसद शशांक कोइरालाले २०७४ को आम निर्वाचनमा अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि उनलाई निर्वाचन आयोगले पत्र काटेको थियो ।

अधिकारी ०७४ सालमा पर्वत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएका थिए । तत्कालीन चुनावमा प्रदेश सभा सदस्यलाई बढीमा १५ लाख रुपैयाँसम्म खर्च गर्न आयोगले सीमा तोकेको थियो । तर, पछिल्लो समयमा गलत ‘कल्चर’ को विकास हुँदै जाँदा चुनाव पनि खर्चालु हुँदै आएको र यो वास्तविकता आफ्नो मात्रै नभएकोसमेत सभामुख अधिकारीले सुनाए ।

उनले कांग्रेस नेता शशांक कोइरालाको अभिव्यक्तिलाई उदाहरण दिँदै उनले भने, ‘…निर्वाचन आयोगमा बुझाउने बेलामा भन्याथें, तपाईंहरुलाई ढाँट्दैछु । मैले जे लेख्याछु, त्यो हैन । निर्वाचन आयोगलाई एउटा रिपोर्ट दिने तर, बाहिर अर्को रिपोर्ट दिने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?